Main

नेपालबाट धेरै वस्तु निर्यात भारतमा, यी हुन् धेरै निर्यात हुने १० देश

७ साउन, काठमाडौं । नेपालबाट एक वर्षको अवधिमा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

यो आव २०७९/८० को तुलनामा ३.०३ प्रतिशतले कम हो । निर्यात व्यापारमा सबैभन्दा धेरै निर्भर नेपाल भारतसँग रहेको छ ।

तर, दोस्रो स्थानमा भने अमेरिका रहेको छ । नेपालबाट तयारी पोशाकदेखि छुर्पीसम्म अमेरिका निर्यात हुन्छ ।

अर्को छिमेकी मुलुक चीन भने यो सूचीको पाँचौं स्थानमा छ । प्रथम १० निर्यात हुने मुलुकमध्ये युरोपेली र अमेरिकी मुलुक अगाडि देखिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button