Main
निर्माण व्यवसायीको जायज माग सम्बोधन हुन्छ : सहरी विकासमन्त्री

८ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीले राखेका जायज माग प्रति आफू सकारात्मक रहेको बताएका छन् ।
मंगलबार नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा उनले निर्माण व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका हुन् ।
उनले निर्माण व्यवसायीलाई आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरे ।
उपप्रधानमन्त्री सिंहलाई बधाई दिँदै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अहिले निर्माण व्यवसायीले भोगिरहेका भुक्तानीदेखि सार्वजनिक खरिद ऐनमा गर्नुपर्ने संशोधनको विषयमा ध्यानाकर्षण गराएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।