Main

प्रजातन्त्रवादी प्राध्यापक संघमा विवाद, स्थापना दिवसको कार्यक्रम छुट्टाछुट्टै

२ भदौ, काठमाडौं । कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।

संगठनभित्र विवाद बढ्दै गएपछि स्थापना दिवससमेत छुट्टाछुट्टै मनाएका छन् । आइतबार संघको १९ औं स्थापना दिवसको अवसरमा दुई समूहले छुट्टाछुट्टै स्थानमा कार्यक्रम आयोजना गरेको छ ।

२०६६ सालमा निर्वाचित जगत तिमिल्सिनालगायतले केन्द्रीय समितिको नाम दिएर शंकरदेव क्याम्पसमा र महासचिव राजेन्द्र गौतम, पूर्वअध्यक्षहरु लगायतले पद्मकन्या क्याम्पसमा कार्यक्रम आयोजना गरेका छन् ।

महासचिव गौतम पक्षहरुले अध्यक्ष तिमिल्सनाले विधान अनुसार समयमा अधिवेशन गराउन नसकेको भन्दै अवैध भएको आरोप लगाउँदै आएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button