Main

स्टर्लिङले सर्भेटविरुद्धको पहिलो लेग गुमाउने

५ भदौ, काठमाडौं । चेल्सीका विंगर रहिम स्टर्लिङले युरोपा कन्फरेन्स लिगको प्लेअफ अन्तर्गत सर्भेटविरुद्धको पहिलो लेगमा नखेल्ने भएका छन् ।

बिहीबार घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा हुने खेलका लागि चेल्सीका २९ वर्षीय इङ्ल्यान्ड फरवार्डलाई बाहिर राखिएको हो ।

चेल्सीले लगातार दोस्रो खेलमा स्टर्लिङलाई बाहिर राखेको हो । यसअघि आइतबार प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर सिटीविरुद्ध पनि स्टर्लिङ टिममा अटाएका थिएनन् । चेल्सीले डिफेन्डर बेन चिलवेल, वेस्ले फोफाना र टोसिन अडाराबायोयोलाई पनि बिहीबार हुने खेलको टोलीमा समावेश गरेको छैन । यस खेलको दोस्रो लेग २९ अगस्टमा स्विट्जरल्यान्डमा हुनेछ ।

यदि चेल्सी पहिलो लेगमा जितेर अघि बढेछ भने मात्रै कन्फ्रेन्स लिगमा स्टर्लिङले समूह चरणको खेलमा आफ्नो टिमको लागि खेल्ने मौका पाउनेछन् ।

चेल्सीले यो समरमा ११ खेलाडीलाई टिममा भित्र्याउन कम्तीमा पनि १८५ मिलियन पाउण्ड खर्च गरेको छ । जसमा मयानेजर एन्जो मार्सेका सँग ४० भन्दा बढी सिनियर खेलाडीको टिम छ ।

यसै कारण पनि चेल्सीले स्टर्लिङलाई मौका दिन नपाएको मार्सेकाले भने, ‘हामी स्टर्लिङलाई चाहन्छौं ।’ तर हामीसँग सबै खेलाडीलाई खेलाउन मिल्ने गरी ठाउँ हुँदैन ।’

२०२२ जुलाईमा म्यानचेस्टर सिटीबाट ५० मिलियन पाउण्डमा चेल्समा आएका स्टर्लिङले हालसम्म चेल्सीका लागि ८१ खेल खेलेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button