Main

नेपालले बंगलादेशविरुद्ध गोल फर्कायो

१२ भदौ, काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशविरुद्ध एक गोल फर्काएको छ । तर खेलमा सकिन केही मिनेट मात्र बाँकी छ र बंगलादेश दुई गोलले अगाडि छ ।

खेलको ८१ औं मिनेटमा समिर तामाङले गोल गरेका हुन् । यससँगै खेल ३–१ मा चलिरहेको छ । बंगलादेशले खेलको पहिलो हाफको इन्जुरी टाइममा पहिलो गोल गरेको थियो ।

बंगलादेशले खेलको ५४ र ७१ औं मिनेटमा गोल गर्‍यो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button