Main

संयोग र इभानाले एसियाली टेबलटेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

१८ भदौ, काठमाडौं ।  एसियाली टेबलटेनिस च्याम्पियनसिपको २७ औं संस्करणमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पुरुषमा संयोग कपाली र महिलामा इभाना थापा मगरले एसियाली च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै छनोट भएका हुन् ।

एसियाली टेबलटेनिस काजाकस्तानमा अक्टोबर ७ देखि १३ तारिखसम्म हुनेछ ।

अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको छनोट प्रतियोगिताबाट पुरुष र महिलामा १-१ गरी २ खेलाडी छनोट गरिएको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका छन् ।

सोही छनोट प्रतियोगिताबाट पुरुष र महिलामा शीर्ष १६ वरीयताका खेलाडी पनि निर्धारण गरिएको महासचिव सिंहले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button