भारतीय मिडल ब्लकर शिल्पाले गण्डकीबाट लिग खेल्ने

१ असोज, काठमाडौं । भारतीय महिला भलिबल टोलीकी सदस्य शिल्पा सिन्धुले नेपाली महिला भलिबल लिगमा गण्डकी थण्डर्सबाट खेल्ने भएकी छन् ।
असोज १४ देखि १९ गतेसम्म हुने लिगका लागि शिल्पालाई अनुबन्ध गरेको गण्डकी थण्डर्सले जनाएको छ ।
नेपालमा नै आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा शिल्पा पनि टिमको सदस्य थिइन् ।
२२ वर्षीया मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।
शिल्पाले भारतको दानिकुट्टी डेविड मेमोरियल एन्डोमेन्ट अवार्ड २०२३ पनि जितेकी छन् ।
गण्डकीले शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि गण्डकीले रसियाकी एलिसा रुबिएकलाई अनुबन्ध गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।