Main

भुटान जाँदै ज्ञानेन्द्र शाह

११ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता भुटान जाने भएका छन् ।

निजी भ्रमणको सिलसिलामा उनी भुटान जान लागेको उनका सम्वाद सचिव फणिराज पाठकले जानकारी दिएका छन् ।

भुटान भ्रमण कति दिनको हुने र भुटानमा रहँदा उनले केके गर्ने भन्नेबारे भने खुलिसकेको छैन ।

यद्यपि भुटानमा रहँदा उनले धार्मिक क्षेत्र भ्रमण गर्ने र विभिन्न व्यक्तित्वहरुसँग भेटघाट गर्ने बताइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button