Main

विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन छ : कार्यवाहक प्रधानमन्त्री सिंह

१२ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्‌को समयमा नागरिकको सेवामा सरकार तल्लिन रहेको बताएका छन् ।

मनसुन सक्रियभएसँगै बाढी, पहिरो र डुबानले देशभरको जनजीवन प्रभावित भएको उनले बताए । उनले यात्राकाक क्रममा अलपत्र परेकाहरुलाई उद्धार गर्न गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास भइरहेको पनि बताए ।

‘गृहमन्त्री, सुरक्षा अङ्गका प्रमुख, मुख्यसचिव, सचिवसहित राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण लगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवम् परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको छ’, उनले भनेका छन् ।

मौसमविद्हरुबाट वर्षा अझै पनि जारी रहने भन्ने जानकारी आफूले पाएकाले अत्यावश्यक काम बाहेक हिँड्डुल नगर्न पनि उनले अनुरोध गरेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button