Main

सर्वोत्तम सिमेन्टद्वारा झापाको भद्रपुरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सर्वोत्तम सिमेन्टले झापाको भद्रपुर नगरपालिका-९ स्थित सर्वोत्तम इस्ट प्रालिको कारखाना स्थलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

५ असोजमा सञ्चालित शिविरमा १०६ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् भने कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको छ ।

‘सुखद जीवनका लागि हौं निरोगी’ भन्ने सन्देशका साथ सञ्चालन गरिएको शिविरमा वरिष्ठ फिजिशियन तथा वरिष्ठ गाइनोकोलोजिष्ट लगायत अन्य १२ जना सहयोगीहरूले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडाध्यक्ष रामप्रसाद दाहाल, प्रगति टोल विकास समितिका अध्यक्ष टेकबहादुर रोक्कालगायतको सहभागिता रहेको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button