Main

सर्लाहीमा १० किलो गाँजासहित एकजना पक्राउ

५ कात्तिक, जनकपुरधाम । सर्लाहीमा १० किलो गाँजासहित एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको ब्रहम्पुरी गाउँपालिका ५ सखुअवाका २१ वर्षीय पंकज साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी पर्साबाट खटिएको प्रहरी टोलीले घरमा लुकाइ राखेको १० किलो गाँजासहित उनलाई पक्राउ गरेको हो ।

पंकजलाई सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button