Main

नीता ढुंगानाको ‘ह्रस्व दीर्घ’ ३० कात्तिकमा हिन्दी र नेपाली भाषामा आउने

काठमाडौं । अभिनेत्री समेत रहेकी नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शनमा आउने भएको छ । विदेशमा भने एक सातापछि रिलिज हुने जनाइएको छ ।

नेपालमा कात्तिक ३० गतेबाट फिल्म प्रदर्शनमा आउनेछ । फिल्मको विदेश वितरण अधिकार (भारतबाहेक) सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको प्रेषित विवरणमा उल्लेख छ ।

फिल्मलाई भारतमा तेलुगु भाषामा समेत प्रदर्शनको तयारी भइरहेको छ । फिल्ममा नेपालीसहित बलिउड र दक्षिण भारतीय कलाकारले समेत अभिनय गरेका छन् । साउथका कलाकारले अभिनय गरेकाले उक्त क्षेत्रका दर्शकलाई आकर्षित गर्न सकिने विश्वास निर्माताको छ ।

नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । यसमा नीतासहित हरिहर अधिकारी,  ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आदर्श मिश्र, बुद्धि तामाङ र किरण केसीले अभिनय गरेका छन् ।

अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा, संवाद रहेको फिल्मलाई भारतीय छायांकार कवीर लालले खिचेका हुन् । निर्देशक चन्द्र पन्त हुन् । पन्तको यो डेब्यु निर्देकशीय नेपाली फिल्म हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button