Main

ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यासबीच रेमिट्यान्स सम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स् सम्झौता भएको छ ।

सम्झौता अनुसार विदेशमा रहेका नेपालीले ग्लोबल आईएमई बैंक लगायत अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खाताबाट आफन्तलाई सहज रूपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसरी यूएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आईएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरू वा नेपालभरी रहेको आईएमई लिमिटेडको ५० हजारभन्दा बढी एजेन्टबाट भुक्तानी लिन सकिनेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button