Main

कीर्तिपुरको मेयर पदमा माओवादी केन्द्रले प्राडा शिवशरणलाई उम्मेदवार बनाउने

२० कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुने लागेको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै बैठकले कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनाउनेसमेत सर्वसम्मत निर्णय गरेको छ ।

निर्वाचन आयोगले मंसिर १६ गते उपनिर्वाचनको मिति तोकेको छ । उक्त निर्वाचनमा यसअघि नेकपा एमालेले डा सुरेन्द्र मानन्धर र राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button