Main

तिलिचोको तिर्सना (तस्वीरहरु)

२० कात्तिक, काठमाडौं । समुन्द्री सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा रहेको तिलिचो ताल पुग्दा नलोभिने मन सम्भवत: कमै हुन्छ । धुलाम्मे र उखडबाखड यात्रा पछि तिलिचो पुग्दा पदयात्री र पर्यटकको मनै शान्त हुन्छ ।

तिलिचो यात्राका क्रममा देखिने हरेक दृश्य अभूतपूर्व लाग्छन्, आँखा शीतल बनाउँछन् । अनि भन्न मन लाग्छ, ‘अहो ! दृश्य होस् त यस्तो !’

तालको वरिपरि उभिएका मुक्तिनाथ तिलिचो हिमाल, निलगिरि र हिमश्रृखलाले स्वदेशी तथा विदेशी पर्यटकको मनलाई लोभ्याएको हुन्छ । तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमीको दूरीमा पर्छ ।

यस तालमा पुग्न खासारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग आठ घण्टाको पैदलयात्रा पछि तिलिचो बेस क्याम्पमा पुग्न सकिन्छ । यहाँ रहेको होटलमा खान बस्नको सुविधा राम्रो भएकाले पर्यटक यहाँ खाने बस्ने गर्दछन् । बेसक्याम्पबाट झण्डै तीन घण्टाको उकालो पछि तिलिचो ताल पुग्न सकिन्छ ।

तिलिचो ताल धार्मिक रुपले पनि निकै महत्व मानिन्छ । परापूर्वकालमा भगवान् शिवले तपस्या गरेर बसेको र कागबेसिनी ऋषिले ज्ञान पाएको किंवदन्ती छ । हिन्दू धर्मावलम्बी तीर्थ व्रतका लागि पनि आउने गर्दछन् ।

तस्वीरमा हेर्नुहोस् तिलिचो यात्रा

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button