काया कप अन्तरविद्यालय फुटसल मंसिर तेस्रो साता हुने
२५ कात्तिक, काठमाडौं। काया कप यु-१६ अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटसल प्रतियोगिता बगामी मंसिर तेस्रो साताबाट हुने भएको छ ।
आयोजक काया स्पोर्टसले आइतबार पत्र्का सम्मेन गर्दै प्रतियोगिता मंसिर १७ देखि २० गतेसम्म हुने जानकारी गराएको हो ।
नेपाली फुटबलको विकास ग्रासरुट देखिनै गर्नुपर्छ भन्ने संकल्पका साथ अन्तरविद्यालय फुटसल प्रतियोगिता गर्न लागेको काया स्पोर्ट्सका अध्यक्ष पवन कार्कीले बताए ।
काठमाडौंको बाँसबारीस्थित चौर रिक्रिएसन सेन्टरमा हुने प्रतियोगितामा राजधानीको ३२ विद्यालयको सहभागिता रहने कार्कीले जानकारी दिए । टिम दर्ता शूल्क १५ हजार रहेको छ ।
प्रतियोगिता लिग कम नकआउटको आधारमा संचालन हुनेछ । सहभागी ३२ टोलीलाई आठ समूहमा विभाजन गरेर खेलाइनेछ । हरेक समूहका शीर्ष २ टोलीले अन्तिम १६ मा स्थान बनाउनेछन् ।
लिग चरणको खेल साढे ७ मिनेटको दुई हाफ हुने र नकबउट चरणको खेल १५ मिनेटको हुने आयोजकले जनाएको छ ।
मंसिर १७ र १८ गते समूह चरणका खेलहरु हुने र मंसिर २० गते नकआउट चरणको खेल हुने आयोजकले जनाएको छ । सहभागि खेलाडी र विद्यालयबीच आपसी भाइचारालई प्रोत्साहन गर्न मंसिर २२ गते गाला डिनरसहित प्रतियोगिताको समापन कार्यक्रम राखेको काया स्पोर्ट्सका अध्यक्ष पवन कार्कीले बताए ।
प्रतियोगिताको विजेतालाई नगद पुरस्कार नराखिएको र व्यक्तिगत उत्कृष्टहरुलाई मात्र पुरस्कारको व्यवस्था रहेको कार्कीले बताए ।
काया स्पोर्ट्सको ‘काया क्याम्पेन’ अन्तर्गत तीन कार्यक्रम रहेको त्यो मध्ये एक फुटसल कार्यक्रम रहेको पाना नेपालका को फाउण्डर तथा काया क्याम्पेनका डिरेक्टर विकल खरेलले बताए ।
फुटसल बाहेक अवार्ड कार्यक्रम काया स्पोर्ट्स समित र सिएसआर कार्यक्रम पनि रहेको उनले बताए ।
फुटसल प्रतियोगितासँगै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने सोचका साथ नेपाली महिला भलिबलमा बेग्लै पहिचान बनाएको न्यू डायमन्ड युथ स्पोर्टस क्लबलाई पनि सहयोग गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।