Main

इटाली र फ्रान्स नेसन्स लिगको क्‍वाटरफाइनलमा

३० कात्तिक, काठमाडौं । इटाली र फ्रान्स नेसन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति सम्पन्न खेलमा जित निकाल्दै दुवै टोली एक खेलअगावै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् ।

इटालीले बेल्जियमलाई १-० ले पराजित गर्दै क्‍वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ११ औं मिनेटमा सान्द्रो टोनालीले गरेको एकमात्र गोल नै इटालीको जितमा निर्णायक बन्यो । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो ।

जितसँगै लिग ए समूह २ अन्तर्गत ५ खेलमा १३ अंक जोडेको इटालीले क्वार्टरफाइनलमा स्थान बनाएको हो । पराजित बेल्जियमको समान खेलमा ४ अंक छ ।

यसै समूहको अर्को खेलमा फ्रान्सले इजरायलसँग गोलरहित बराबरी खेल्यो । यद्यपी बराबरीका बाबजुद पनि फ्रान्सले क्‍वाटरफाइनलमा स्थान बनाएको छ । फ्रान्सले खेलमा थुप्रै अवसर सिर्जना गरेको भएपनि गोल भने गर्न सकेन ।

अब यसै समूहको सोमबार हुने इटाली र फ्रान्सबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्ने छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button