कफीको मूल्य हालसम्मकै उच्च

२ मंसिर,काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले कच्चा कफीको सहमत मूल्य तोकेको छ । आइतबार बोर्डले सूचना जारी गर्दै नयाँ मूल्यबारे जानकारी दिएको हो ।
बोर्डका अनुसार विभिन्न ग्रेडका कच्चा कफीको मूल्य प्रतिकिलो ९५ देखि ५ सय ३५ रुपैयाँ तोकिएको छ । २०८१/८२ का लागि प्राविधिक समितिले गरेको अध्ययन एवं सिफारिस समेतका आधारमा विभिन्न काँचो कफीको न्यूनतम सहमत मूल्य कायम गरिएको हो ।
पछिल्लो १० वर्षमा कफीको मूल्य ह्वात्तै बढेको देखिन्छ । ग्रेड एको फ्रेस चेरीको मूल्य किलोको १ सय ५ र ग्रेड बीको ९५ पुगेको छ । २०७२ मा यसको मूल्य किलोको ८० र ७५ थियो ।
८ सय मिटरभन्दा माथि, प्राङ्गारिक पद्दति अपनाएर उत्पादन गरिएको, ठिक्क पाकेको, पानीमा राख्दा डुब्ने, केलाएर छानिएको कफीको दानालाई फ्रेस चेरी भनिन्छ ।
यस्तै ग्रेड एको पार्चमेन्ट कफी ५ सय ३५ रुपैयाँ किलो र ग्रेड बीको ४ सय ८२ रुपैयाँ नयाँ मूल्य तोकिएको छ । २०७२ सालमा पार्चमेन्ट कफी ग्रेड एको ४ सय र ग्रेड बीको ३ सय ७५ थियो ।
गुणस्तरीको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको कफी पार्चमेन्टलाई ग्रेड ए मानिन्छ । यस्तै फ्रेस चेरी बी ग्रेड गुणस्तरको कफीबाट उत्पादन भएको पार्चमेन्टलाई ग्रेड बी मानिने छ ।
यस्तै ड्राई चेरी ए ग्रेड कफीको न्यूनतम सहमत मूल्य २ सय ८० रुपैयाँ किलो तोकिएको छ भने ड्राई चेरी बी ग्रेड कफीको मूल्य किलोको २ सय ४७ तोकिएको छ ।
ड्राई चेरीको मूल्य १० वर्षकै दोब्बरभन्दा धेरै बढेको देखिन्छ । २०७२ सालमा ड्राई चेरी कफी ए ग्रेडको १ सय ४० रुपैयाँ किलो र ग्रेड बीको १ सय रुपैयाँ किलो पथ्र्यो ।
गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राई चेरीलाई ग्रेड ए मानिन्छ भने ग्रेड बी गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ड्राई चेरीलाई ग्रेड बी मानिन्छ ।
पछिल्लो १० वर्षमा कफीको न्यूनतम सहमत मूल्य यस्तो छ :
– यस समाचारको श्रोत : Online Khabar हो ।