Main

सेयरधनीलाई जीवन विकास लघुवित्तको बोनस सेयर घोषणा

९ मंसिर, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.७३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १४.७३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।

गत साता बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४५ रुपैयाँ छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button