Main

कीर्तिपुरका स्वतन्त्र उम्मेदवार राजमान र नरेश श्रेष्ठ उम्मेदवार मिल्दै

९ मंसिर, काठमाडौं। र्कीर्तिपुरमा प्रमुख पदका दुई स्वतन्त्र उम्मेदवार मिल्ने भएका छन्। स्वतन्त्र उम्मेदवारी दिएका राजमान मानव र नरेश श्रेष्ठले मिल्न लागेका हुन् ।

दुबै उम्मेदवारले अनलाइनखबरसँग कुरा गर्दै चुनावी सहकार्य गर्न लागेको जानकारी गराए। दुई उम्मेदवार सहकार्य गरेको घोषणा सभा गरेर सोमबार विहान जानकारी गराउने तयारी भएको छ ।

धरानका मेयर हर्क साम्पाङ सहभागी हुने सभामा दुई जना मिलेको घोषणा गरिने भएको छ। स्वतन्त्र उम्मेदवार राजमानले दुई जना मिल्न लागेको जानकारी गराए।

‘भोलि विहान पाँगामा घोषणा सभा छ । त्यहाँ हर्क साम्पाङ जी पनि आउनु हुन्छ,’ राजमानले अनलाइनखबरसँगले भने,‘मेरो राम्रो भइरहेको छ । राम्रो भएको व्यक्तिले छोड्ला त?’

अर्का स्वतन्त्र उम्मेदवार श्रेष्ठले राजमानलाई सघाउने संकेत गरे। ‘साथ त दिने नै हो । हाम्रो आन्तरिक सर्भे पनि छ । त्यो हेरेर भोलि निर्णय गर्छौ,’ श्रेष्ठले भने,‘राम्रा स्वतन्त्र उम्मेदवारहरु मिल्नुपर्छ भनेर जनताले भनेका छन्।’

१६ मंसिरमा हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा प्रमुख पदमा दलका ९ र स्वतन्त्रका ११ जना उम्मेदवार छन् । स्वतन्त्र उम्मेदवारी दिएका राजमान सरसफाई अभियन्ता हुन् भने श्रेष्ठ कानुन व्यवसायी हुन्।

निर्वाचन आयोगले सबै उम्मेदवारलाई चुनावचिन्ह प्रदान गरिसकेको छ । राजमानले केटा र केटी पाएका छन् भने श्रेष्ठले पानीको बोत्तल चुनाव चिन्ह पाएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button