Main

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

१२ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन् ।

बोर्डमा उपस्थित भई श्रेष्ठले बुधबारदेखि पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका क्रममा उनले पहिलो निर्णयका रुपमा एभरेष्ट बैंकको बोनस सेयर दर्ता स्वीकृत गरेका छन् । श्रेष्ठले बोर्डलाई आफ्नै भवनमा सार्ने प्रतिवद्धता जनाएका छन् । ‘बोर्डको आफ्नै भवन निर्माणलाई प्राथमिकता दिनेछु’ उनले भने ।

त्यस्तै आफू पूँजी बजार सुधारका लागि दिनरात खटिने प्रतिवद्धता जनाए । पूँजी बजारलाई लगानीमैत्री बाउने, सुधार र विस्तारलाई अगाडि बढाउने योजना रहेको उनले सुनाए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button