Main

टीम राजेशपायलका मकर योञ्जन भ्वाइसको फाइनलमा, यी हुन् चार फाइनलिस्ट

काठमाडौं । ‘भ्वाइस अफ नेपाल’ सिजन ५ ले चार फाइनलिस्ट प्राप्त गरेको छ । शनिबार लाइभ राउण्ड सकिएसँगै फिनालेको समीकरण तयार भएको हो ।

पछिल्लो एपिसोडमा टीम राजेशपायल राईको समूहबाट मकर योञ्जन फाइनलमा प्रवेश गरे । मोनिका राई बाहिरिइन् । ‘मैले भ्वाइसको स्टेजलाई निकै मिस गर्नेछु’ बाहिरिएको घोषणापछि उनले भनिन् ।

मोनिका बाहिरिएको क्षण निकै मर्मस्पर्शी बन्यो । उनले आँसु त बगाइन् नै कोच राजेशपायलले पनि आफूलाई सम्हाल्न सकेनन् ।

टीम मिलन नेवारबाट विनोद राई, टीम प्रमोद खरेलबाट नोगेन लिम्बु, टीम राजेशपायल राईबाट मकरबहादुर योञ्जन र टीम उदय सोताङबाट कुमार प्रयास राई फाइनलिस्ट बनेका छन् ।

चारैजना फाइनलिस्टको भोटिङ पनि खुला भएको छ । भ्वाइसको फिनाले आगामी शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ ।

चार फाइनलिस्टबारे विस्तृत तल पढ्न सक्नुहुन्छ :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button