Main
इन्टरपोलको सहयोगमा मकाउमा पक्राउ परे सफलराज कुँवर

२२ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएका सफलराज कुँवर पक्राउ परेका छन् ।
इन्टरपोल मकाउको सहयोगमा त्यहाँबाट पक्राउ गरेर उनलाई काठमाडौं ल्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ । उनले विभिन्न व्यक्तिहरुलाई मकाउ लैजान्छु भनेर ठगी गरेको आरोप छ ।
११ जनाले दिएको् जाहेरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनी फरार रहँदै आएका थिए । कुँवरलाई प्रहरीले अदालतमा बुझाउने तयारी गरेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।