यस्तो छ मंगलबारको विदेशी मुद्रा विनिमयदर
काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २० पैसा र बिक्रीदर १३९ रूपैयाँ ८० पैसा कायम गरिएको छ।
मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १४२ रूपैयाँ ५२ पैसा र बिक्रीमूल्य १४३ रूपैयाँ ५२ पैसा तोकिएको छ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ २६ पैसा र बिक्रीदर १७२ रूपैयाँ कायम गरिएको छ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ४५ र बिक्रीदर ८५ रूपैयाँ ८२ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९४ रूपैयाँ ७२ पैसा र बिक्रीमा ९५ रूपैयाँ १२ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०४ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा तथा बिक्री दर १९ रूपैयाँ २८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ४९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५३ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ १८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ३५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ ०६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ११ पैसा र बिक्रीदर ३१ रूपैयाँ २४ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४५० रूपैयाँ ४६ पैसा र बिक्रीदर ४५२ रूपैयाँ ४० पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ २२ पैसा र बिक्रीदर ३७० रूपैयाँ ८१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।