Main
त्रिपुरेश्वरको बस बिसौनीमा भेटियो शंकास्पद वस्तु
६ फागुन, काठमाडौं । त्रिपुरेश्वरको बस बिसौनी नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ । कम्बलले बेरेको अवस्थामा एउटा शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरी घटनास्थलतर्फ जाँदैछ । ‘शंकास्पद वस्तु देखिएपछि अहिले प्रहरीको टोली त्यसतर्फ जाँदैछ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले अनलाइनखबरसँग भने । घटनाबारे थप विवरण आउन बाँकी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।