Main
परराष्ट्रमन्त्री राणाले भेटिन् मानवअधिकार उच्चायुक्त, संक्रमणकालीन न्यायबारे कुराकानी
१४ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त भोल्कर टुर्कसँग भेटवार्ता गरेकी छन् । मानवअधिकार परिषद्को ५८औं सत्रमा सहभागी हुन जेनेभा पुगेकी मन्त्री राणाले विहीबार टुर्कसँग भेटवार्ता गरेकी हुन् । भेटमा नेपालको मानवअधिकार परिषद्मा सक्रिय सहभागिता, योगदान तथा सन् २०२७-२९ कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीबारे छलफल गरेको मन्त्री राणाले जानकारी दिएकी छन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।