Main
एपीएफ महिला राष्ट्रिय कबड्डी च्याम्पियन (तस्वीरहरू)
३ चैत, काठमाडौं । एपीएफ क्लबले २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको फाइनलमा विभागीय टोली नेपाली सेनालाई हराएर एपीएफ च्याम्पियन बनेको हो । फाइनलमा एपीएफले सेनालाई २८-२२ को अन्तरले हराएको हो । उपाधि विजेता एपीएफले २ लाख र उपविजेता नेपाली सेनाले १ लाख हात पारेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।