Main

आठौं पोखरा स्पोर्टस अवार्ड वैशाख २१ गते हुने

३ माघ, पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दैै आएको पोखरा स्पोर्टस् अवार्डको आठौं संस्करण वैशाख २१ गते हुने भएको छ ।

मञ्चको बुधबार बसेको बैठकले अवार्ड कार्यक्रम मिति तय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी (पुरुष, महिला), वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए ।

पोखरा स्पोर्टस् अवार्डबाट हालसम्म क्रिकेटर करण केसी, फुटबलर सावित्रा भण्डारी, भलिबल खेलाडी मञ्जु गुरुङ, अरुणा शाही, लन टेनिसका कुमार अधिकारी, शारीरिक सुगठनका कमल भण्डारी, टेनिसका प्रदीप खड्कालगायत खेलाडी सम्मानित भइसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button