Main
चीनका लागि भारतीय राजदूत रावत नेपालमा
१८ वैशाख, काठमाडौं । चीनका लागि भारतीय राजदूत प्रदीपकुमार रावत काठमाडौं आइपुगेका छन् । बिहीबार बिहान ११ः०२ बजे सिचुआन एयरलाइन्सको विमानमार्फत उनी काठमाडौं आएका हुन् । उनी चीनको छेन्दु विमानस्थल हुँदै काठमाडौं आएको सुरक्षा स्रोतले पुष्टि गरेको छ । परराष्ट्रमन्त्रालय स्रोतले भने रावतको नेपाल भ्रमण विशुद्ध व्यक्तिगत घुमघामको उद्देश्यले भएको बताएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।