‘मिलिनियम किड्स इन्टरनेसनल २०२४’मा छानिए तीन विजेता

काठमाडौँ । बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेसनल २०२४’मा तीन विजेता छानिएका छन् । प्रतियोगितामा जुनियर केटी, केटा र सिनियर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।
जुनियर केटातर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर केटीतर्फ इलोना कार्कीले शीर्ष उपाधि चुमिन् । सिनियर केटीतर्फ स्मारिका भट्टराई विजेता घोषित भइन् । शीर्ष विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट तथा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।
साथै, प्रतिस्पर्धामा चार उपविजेता छनोट भए । जसमा जुनियर केटातर्फ आरभ अधिकारी फस्ट-रनरअप, उत्सर्ग ढकाल सेकेन्ड-रनरअप, श्रीजल यादव थर्ड-रनरअप र सम्प्रभजंग केसी फोर्थ रनरअफ बन्दा जुनियर केटीतर्फ निबित्सा झा फस्ट–रनरअप, सिकुम सुब्बा सेकेन्ड रनरअप, अलंकृता भट्टराई थर्ड रनरअप र ओजस्वी सिल्वाल फोर्थ रनरअफ भए ।
सिनियर केटीतर्फ एन्जल गहतराज फस्ट-रनरअप, सानभी बिष्ट सेकेन्ड रनरअप र कृषु भण्डारी थर्ड रनरअप चुनिए ।
आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुतिसहित आयोजित प्रतियोगितालाई बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले जानकारी दिए । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।