Main

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिमलाई

१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहेन भएकोले उक्त अवधिका लागि कार्यवाहक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।

अर्का उपसभापति डिपी अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

सभापति लामिछाने आज र भोलि (आइतबार) भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button