Main

न्यायाधीश निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालत बन्द

१७ माघ, धनगढी । न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु आज बन्द भएका छन् ।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मंगलबार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बुधबार (माघ १७ गते) शोक बिदा दिने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button