Main

LIVE : सुरू भयो बजेट भाषण

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याएको छ । संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दैछन् ।

२५ ताजा अपडेट

2 mins ago, 15:42:53

बजेटका ५ रुपान्तरण क्षेत्र

क. कृषि क्षेत्रको रुपान्तरण
ख. ऊर्जा क्षेत्रको विकास
ग. सूचना प्रविधिको विकास
घ. पर्यटन प्रवर्द्धन
ङ. उद्यमशीलता र औद्योगिक विकास


2 mins ago, 15:42:12

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।

छिमेकी भारत र चीनमा पर्यटक प्रवर्द्धनका कार्यक्रम गरिनेछ ।

नेपाल भारत सीमा नाकाबाट पशुपतिनाथ मुक्तिनाथ र स्वर्गद्वारीसम्म बस सञ्चालन गरिने ।

टाकुरा पर्यटन र इको हिल टुरिजम विकास गरिने ।


7 mins ago, 15:37:51

आगामी आर्थिक वर्षलाई सूचना प्रविधि विकासको प्रस्थान दशक 

आगामी आर्थिक वर्षलाई सूचना प्रविधि विकासको प्रस्थान दशक  घोषणा गरिएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क परिमार्जन गरिने ।

काठमाडौं र बुटवलमा उच्च गतिको इन्टरनेटसहितको सूचना प्रविधि पार्क निर्माण गरिने ।

ललितपुरको खुमलटारमा ज्ञान पार्क निर्माणका लागि १७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।


8 mins ago, 15:36:27

उर्जा क्षेत्र विकासका लागि ५० अर्ब विनियोजन

हरित हाइड्रोजनको अनुसन्धान र विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु । कर्णाली करिडोर ४०० केभी प्रशारण लाइन निर्माण अघि बढाइनेछ ।

न्यू बुटवल अन्तरदेशीय प्रशारण लाइनको निर्माण पूरा गरिनेछ ।

उर्जा क्षेत्र विकासका लागि ५० अर्ब विनियोजन गरिएको छ ।

 


10 mins ago, 15:34:21

कृषिको बजेट ५७ अर्ब २९ करोड

आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button