Main
अनुसन्धान र विकास कोषमा १ अर्ब

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष १ अर्बको अनुसन्धान तथा विकास कोष स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले यस्तो घोषणा गरेका हुन् ।
कुल पूँजीगत खर्चको १ प्रतिशत बजेट अनुसन्धान र विकासमा लगाइने समेत अर्थमन्त्रीले बताए ।
आगामी वर्ष आर्थिक गणनाको तयारी गर्ने समेत उनले बताए । अनुसन्धान र विकासमा संलग्न संस्थामा लगानी बढाइने उनले बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।