अभियन्तालाई सचिवको प्रश्न : सहकारी अहिलेको अवस्थामा आउनु दोष कसको ?

२५ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीमा मुद्दती निक्षेपमा पैसा राख्ने अभ्यास नभएपनि ब्याजको लोभ देखाएर सहकारीले पैसा ल्याएको बताएका छन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आयोजना गरेको कार्यक्रममा सचिव दुवाडीले सहकारी अहिलेको अवस्था आउनुको दोष कसको ? भन्दै अभियन्तालाई प्रश्न गरे ।
सहकारी समस्या अर्थतन्त्रको एउटा महत्त्वपूर्ण खम्बामा धमिरा लागेको उनले बताए । उनले सहकारी अभियान भुमरीमा परेको समेत बताए ।
‘सहकारीहरूले के कस्तो काम गरेका छन्, के कस्तो कमी कमजोरी गरेका छन्, आत्मसमीक्षा गर्ने बेला भएको छ,’ उनले भने, ‘ अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, यस विषयमा हामी सबै सजग बन्नुपर्छ,’ उनले भने ।
सहकारीमा सेयर सदस्यहरुले पनि आफ्नो भूमिका निर्वाह गर्नु पर्ने उनको भनाइ छ । सहकारी क्षेत्रमा लामो समयदेखि समस्या रहेको बताउँदै विगतका अभ्यासहरूबाट पाठ सिकेर पनि अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
‘अहिले सबै सहकारीमा समस्या छैन । आफूले आफूप्रति विश्वास गरौं,’ उनले भने, ‘सहकारीमा विश्वासको पनि समस्या हो । यो गम्भीर सवाल देखिन्छ । अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ ।’
संस्थाले राम्रो भनेको कर्जा पनि खराब निस्कन सक्ने भन्दै त्यसैले हरेक विषयममा गम्भीर भएर निर्णय लिनुपर्ने उनले बताए । सहकारी क्षेत्रमो धेरै आन्तरिक समस्या भएको भन्दै उनले सहकारी अभियन्तालाई सेचत गराए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।