अमेरिकी डलरको भाउमा सामान्य वृद्धि, अन्य मुद्राको अवस्था कस्तो छ ?
काठमाडौ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ। आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ २८ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८८ पैसा कायम गरिएको छ। यसअघि शुक्रबार डलर एकको खरिददर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम गरिएको थियो।
आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ४८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ १० पैसा तोकिएको छ। अघिल्लो दिनको तुलनामा आइतबार २८ पैसाले घटेको छ। शुक्रबार युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ६० पैसा र बिक्रीदर १७२ रूपैयाँ ३४ पैसा कायम गरिएको छ। यसअघि यसको खरिददर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८पैसा थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ ८९ र बिक्रीदर ८६ रूपैयाँ २६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९५ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९५ रूपैयाँ ८२ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९८ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा तथा बिक्री दर १९ रूपैयाँ १५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ५७ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९३ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ०९ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रूपैयाँ १७ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ १९ पैसा र बिक्रीदर ४५० रूपैयाँ १३ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।