अरुणभ्याली हाइड्रोपावरको लिलामी सेयरमा आवेदन खुल्यो

१० वैशाख, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीकाे करिब २० लाख कित्ता साधारण सेयरमा बोलपत्र आवेदन खुलेको छ । यसअघि लगानीकर्ताका लागि जारी गरेको हकप्रद निष्कासनमा १९ लाख ९२ हजार १३४ कित्ता सेयर नबिकेपछि लिलामी बिक्रीमा ल्याएको हो ।
१ बराबर १ को अनुपातमा कम्पनीले हकप्रद सेयर जारी गरेको थियो । एक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले साधारण सेयरका लागि शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आग्रह गरेको छ ।
वैशाख २४ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १ सय रुपैयाँ कायम हुनेगरी न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ । आवेदनका साथ गुड फर पेमेन्ट चेक वा आईपीएसमार्फत भुक्तानी गरेको रकमको भौचर पेश गर्नुपर्नेछ ।
क्यापिटलको कार्यालय नक्साल र मुक्तिनाथ विकास बैंकका कार्यालयहरु ठिमी, कुमारीपाटी, विर्तामोड, विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी तथा महेन्द्रनगरबाट आवेदन फारम पाइने र तिनै केन्द्रमा बुझाउन सकिने छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।