Main
इच्छाराजलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर
४ जेठ, काठमाडौं । सर्वोच्च अदालतले सिभिल सहकारीका सञ्चालक एवं पूर्वसांसद इच्छाराज तामाङलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने आदेश सदर गरेको हो । आफूलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै तामाङले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।