Main

इन्फिनिक्स स्मार्ट ८ सिरिज नेपाली बजारमा, कति पर्छ मूल्य ?

 

काठमाडौं । स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा स्मार्ट ८ सिरिज अन्तर्गत तीन किसिमका आकर्षक स्मार्टफोनहरु बजारमा ल्याएको छ । स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका यी तीनवटा स्मार्टफोनहरु उत्कृष्ट विशेषता साथ सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ  ।

इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा पनि ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ६.५६ इन्च एचडी डिस्प्ले सहित आकर्षक तथा प्रिमियम डिजाइनमा आउने यो स्मार्टफोनमा उत्कृष्ट पर्फमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री क्षमता रहेको छ । यसले टाइप सी चार्जिंग सपोर्ट गर्नुका साथै स्मार्ट ८ प्लसमा फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ । स्मार्ट ८ प्लस ४जीबी र्‍याम र ६४ जीबी रोममा १३ हजार ९९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन टिम्बर ब्ल्याक, ग्यालेक्सी ह्वाइट र साइनी गोल्ड रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।

इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । प्रिमियम डिजाइन सहित ६.५६ इन्च एचडी डिस्प्ले रहेको स्मार्ट ८ प्रो मा मिडिया टेक हेलियो जी३६ चिपसेट राखिएको छ । उत्कृष्ट पर्फमेन्शका लागि यो फोनमा शक्तिशाली ५००० एमएएच ब्याट्री क्षमता छ भने यसले टाइप सी चार्जिंग सपोर्ट गर्दछ र फिङ्गरप्रिन्ट सुविधा पनि रहेको छ ।

स्मार्ट ८ प्रो ४जीबी र्‍याम र ६४ जीबी रोम तथा ४ जीबी र्‍याम र १२८ जीबी रोमको मूल्य क्रमशः १२ हजार ९९९ र १३ हजार ४९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन रेनबो ब्लू, ग्यालेक्सी ह्वाइट र टिम्बर ब्ल्याक रंगमा देशभरका रिटेल स्टोर र इकर्मश प्ल्याटफर्महरुमा उपलब्ध रहेका छन् ।

इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६.५६ इन्च एचडी डिस्प्लेको साथमा १३एमपी रियर क्यामेरा र ८एमपी फ्रन्ट क्यामेरा रहेको छ । पर्फमेन्सका लागि शक्तिशाली ६००० एमएएच ब्याट्री रहेको यो स्मार्टफोनले टाइप सी चार्जिंग सपोर्ट गर्दछ । स्मार्ट ८ मा स्टोरेजका लागि ३जीबी र्‍याम र ६४ जीबी रोम तथा ४ जीबी र्‍याम र १२८ जीबी रोमको मूल्य क्रमशः ११ हजार ४९९ र १२ हजार ९९९ रुपैयाँमा उपलब्ध छन् । यो स्मार्टफोन आकर्षक रंग –टिम्बर ब्ल्याक, क्रिस्टल ग्रिन र साइनी गोलमा देशभर उपलब्ध रहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button