इन्स्टाग्रामका धेरै पोस्ट एकै पटकमा कसरी डिलिट गर्ने ?

आजकल लगभग सबै स्मार्टफोन प्रयोगकर्ताहरूसँग कम्तिमा तीनवटा सामाजिक सञ्जालका खाताहरू हुने गर्छन् । जसमा मेसेजिङ एपका अलावा पहिलो रोजाइका सोसल मिडिया प्लाटफर्म फेसबुक, एक्स र इन्स्टाग्राम पर्दछन् ।
आफ्नो इन्स्टाग्राममा पहिले गरेका पोस्टहरू हामीलाई विभिन्न कारणले हटाउनु पर्ने हुनसक्छ।
पुराना धेरैवटा पोस्टहरू एक-एक गरेर डिलिट गर्नु दिक्क लाग्दो मात्र होइन धेरै समय लाग्ने खालको हुन्छ । त्यसैले त्यस्ता पोस्टहरू एकै पटकमा डिलिट गर्नु सजिलो हुन्छ । तर, चिन्ता गर्नु पर्दैन, इन्स्टाग्राममा धेरैवटा पोस्टहरू एकै क्लिकमा डिलिट गर्ने तरिका पनि छ।
एकै पटकमा धेरै इन्स्टाग्राम पोस्ट डिलिट गर्नका लागि
आफ्नो फोनमा इन्स्टाग्राम एप खोल्नुहोस्
त्यसपछि आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस्
Menu अप्सनमा जानुहोस्
त्यसपछि Your activity खण्डमा जानुहोस्
त्यहाँ तपाईंले Photo and videos अप्सनमा क्लिक गर्नुपर्दछ
त्यसपछि post अप्सनमा क्लिक गर्नुहोस्
short filter मा जानहोस्
त्यसपछि आफूले डिलिट गर्न चाहेका सबै पोस्टहरू माथिदेखि तलसम्मै छान्नुहोस्
त्यसरी छानिसकेपछि तपाईंले एक क्लिकमै ती सबै पोस्ट डिलिट गर्न वा आर्काइभ गर्न सक्नुहुन्छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।