Main

एभरेस्ट महिला भलिबल लिग : मधेशमाथि लुम्बिनीको जित

२७ कात्तिक, काठमाडौं । काठमाडौंमा जारी एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले मधेश युनाइटेडलाई हराएको छ । बिहीबार भएको दोस्रो खेलमा लुम्बिनीले मधेशलाई ३-१ सेटमा पराजित गरेको छ । मधेशविरुद्ध लुम्बिनी २८-२६, २३-२५, २५-१४, २५-१९ ले विजयी भयो । यसअघि बिहीबार नै भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ३-१ को सेटमा हराएको थियो ।  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button