एसीसी वुमन्स प्रिमियर कपका लागि २४ सदस्यीय टोली घोषणा

२८ पुस, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कपका लागि नेपाल क्रिकेट संघले इन्दु वर्माको कप्तानीयमा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।
टिममा कविता कुँवरदेखि अष्ट्रेलियामा रहेकी डली भट्टको समेत पुनरागमन भएको छ । एपेन्डिक्सको शल्यक्रिया पछि कविता पुन टिममा फर्किन लागेकी हुन् ।
त्यस्तै, प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा इमर्जिङ प्लेअर बनेकी गण्डकीकी ज्योत्सनिका मरासिनी पनि २४ सदस्यीय टोलीमा परेकी छन् ।
उनीसँगै प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका केही पुराना तथा नयाँ अनुहार टिममा समावेश भएका छन् । २४ सदस्यीय प्रारम्भिक टिमबाट मलेसियामा हुने एसीसी वुमन्स प्रिमियर कप खेल्ने नेपाली टिम छनोट हुनेछ ।
प्रारम्भिक टिमः
ईन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सीता राना मगर, काजोल श्रेष्ठ, सवनम राई, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डली भट्ट, अस्मिना कर्मचार्य, सोनी पाख्रिन,यशोदा विष्ट, खुसी डंगोल, रोमा थापा, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्सनिका मरासिनी र लक्ष्मी चौधरी ।
– यस समाचारको श्रोत : Online Khabar हो ।