Main
ओरियन्टल होटल र हाथवे इन्भेस्टमेन्टको लाभांश घोषणा

२८ भदौ, काठमाडौं । सूचीकृत दुई कम्पनी ओरिन्टल होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।
ओरियन्टल होटलले गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर दिने भएको छ । त्यस्तै सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
होटलले आगामी असोज २० गतेका लागि साधारणसभा बोलाएको छ । असोज ७ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज ६ गतेसम्म सेयर होल्ड वा खरिद गरेकाले लाभांश पाउन र साधारणसभामा भाग लिन योग्य हुनेछन् ।
त्यस्तै हाथवे इन्भेस्टमेन्ट कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । यस कम्पनीले साधारणसभा र बुक क्लोजको मिति भने तय गरिसकेको छैन ।
– यस समाचारको श्रोत : Online Khabar हो ।