Main

कपिल शर्माको शोमा आमिर खान : मान्छे हाँस्लान् भनेर ‘थ्री इडियट्स’ साइन गर्न चाहेको थिइनँ

काठमाडौं । बलिउड अभिनेता आमिर खानले सुरुमा आफूले फिल्म ‘थ्री इडियट्स’ गर्न नचाहेको बताएका छन् । कारण थियो- ४४ वर्षको उमेरमा उनलाई १८ वर्षको केटाको भूमिका निर्वाह गर्न असहज भएको थियो । यो डर थियो कि उनी उनी मजाकको पात्र बन्नेछन् ।

उनले निर्देशक राजकुमार हिरानीलाई यो भूमिकामा अर्को एक केटालाई कास्ट गर्न सुझाएका थिए । तर, हिरानीले आमिरबाहेक अरु कसैलाई यो फिल्मको हिस्सा बनाउन चाहेनन् । फलस्वरूप आमिर पनि हिरानीसँग सहमत हुनुपर्‍यो ।

यी सबै कुरा आमिर आफैंले कपिल शर्माको नेटफ्ल्क्सि शो ‘द ग्रेट इन्डियन कपिल शो’को पछिल्लो एपिसोडमा बताएका हुन् । जहाँ उनी अतिथिको रुपमा पुगेका थिए ।

आमिरलाई मानिस हाँस्छन् भन्ने डर थियो

आमिरले भने- मैले थ्री इडियट्स गर्न चाहन्नथें । ४४ वर्षको उमेरमा १८ वर्षको केटोको भूमिका निर्वाह गरे भनेँ मानिस हाँस्नेछन् भन्ने डर थियो । मैले राजुलाई फिल्ममा ३ जना केटालाई मात्र कास्ट गर्न भनेको थिएँ । तर उनीहरु मानेनन् । त्यसबेलासम्म राजुसँग काम गरेको थिइनँ । म उहाँको ठूलो फ्यान भएपनि जब मसँग यो कथा लिएर आउनुभयो, मैले केटाको भूमिका कसरी निर्वाह गर्न सक्छु भन्ने सोचेँ ।

यसरी  फिल्म साइन गरे

आमिरले थपे, ‘फिल्ममा मेरो एउटा लाइन छ- सफलताको पछि नलाग, बरु यसको योग्य बन, सफलताले तपाईंलाई पछ्याउनेछ । यो फिल्मको पछाडि राजुको यो सोच थियो । उनले मलाई भने– तिमीले यस्ता फिल्म गरेका छौ जुन कहिल्यै हिट हुन सक्दैनन् । जस्तै ‘तारे जमिन पर’ र ‘लगान’ । यी सबै घोषणा हुँदा फ्लप थिए तर पछि हिट भए । त्यसो भए तपाईंले यी फिल्म किन गर्नुभयो ? तपाईंले फिल्म हिट होलान् भन्ने सोचेर पनि गर्नुभएको छैन । यो तिम्रो जोश थियो, त्यसैले यी फिल्म गर्नुभयो । यदि तपार्इंले गर्नुभयो भने तपाईं सफल हुनुहुनेछ ।’

उनले भने, ‘त्यसपछि राजु महान निर्देशक हो भन्ने लाग्यो । आफ्नो बारेमा ढुक्क नभएसम्म म कुनै पनि फिल्म साइन गर्दिनँ, तर यो पहिलो पटक हो जबसम्म यो फिल्म बिना सोचेर साइन गरेको छु ।’

आमिर सन् २००९ मा आएको फिल्म ‘थ्री इडियट्स’मा रान्चोको भूमिकामा देखिएका थिए । यस फिल्ममा उनीसँगै आर माधवन, शरमन जोशी, करीना कपूर र बोमर इरानी जस्ता कलाकार पनि थिए । ५५ करोड भारुमा बनेको यो फिल्मले विश्वभर ४००.६१ करोड भारु कमाएको थियो । आज पनि यो फिल्मलाई इतिहासकै उत्कृष्ट फिल्म मानिन्छ ।

सुत्केरीको पीडामा पूर्वपत्नीले थप्पड हानिन्

आमिरले पूर्वपत्नी रीना दत्तले सुत्केरीको पीडामा आफूलाई थप्पड हानेको बताएका छन् । यो कठिन समयमा उनले रीनालाई श्वासप्रश्वासको व्यायाम टिप्स दिइरहेकाले कुटपिट भएको थियो । तर, रीनालाई उनको यो कार्य पटक्कै मन परेन । यो घटना तब भएको थियो जब आमिर पहिलो पटक बुवा बन्न लागेका थिए ।

होस्ट कपिलले उनलाई एक कलाकारको हैसियतमा मानिसको व्यवहार याद गर्नुहुन्छ कि भनेर सोधे ? उनले रमाइलो किस्सा सेयर गर्दै भने– यो त्यो दिन थियो जब छोरा जुनैदको जन्म हुन लागेको थियो । रीनालाई सुत्केरीको पीडा थियो र हामी अस्पतालमा थियौं । एक असल श्रीमान जस्तै, मैले उसलाई केही सास फेर्ने व्यायाम सिकाएको छु ।

‘त्यसपछि सुत्केरीको पीडा हुन थालेपछि मैले उनलाई शान्त पार्न खोजेँ तर उनले मलाई थप्पड हानेकी थिइन् । उनलाई धेरै पीडा थियो कि उसले मेरो हात पनि टोकिन्’ उनले भने ।

आमिरले यस समयमा के भइरहेको छ भन्ने कुरा बुझ्न नसकेको बताए । तर यस क्रममा उनले एउटा कुरा याद गरे, जुन उनले पछि फिल्ममा प्रयोग गरे । जब मानिसलाई धेरै पीडा हुन्छ, तब त्यो पीडा मानिसको अनुहारमा पनि झल्कने गरेको उनले बताए । रीनालाई सुत्केरीको पीडा हुँदा उनको अनुहारमा पनि पीडा देखिन्थ्यो ।

आमिरले सन् १९८६ मा रीना दत्तसँग विवाह गरेका थिए । यो विवाहबाट छोरा जुनैद खान र छोरी आयरा खान छन् । विवाहको १६ वर्षपछि सन् २००२ मा दुवैको सम्बन्धविच्छेद भयो । यसपछि आमिरले किरण रावसँग दोस्रो विवाह गरे । तर, यो विवाह पनि टिक्न सकेन र १५ वर्षपछि दुवै अलग भए । आमिर र किरणको छोराको नाम आजाद राव खान हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button