Main

कविता : रातो कापी 

पाँच मुठा साग बेचेर छोरालाई एउटा कापी किन्न पाँच माइलको बाटो खाली खुट्टै हिंडेका हुन् मेरा बाले।   फर्किंदा गाउँमा भोकको पीडाले थरीको घाँस खाँदा घाँस घाँटीमै अड्किएर मृत्यु भएकी पाँच वर्षकी बालिकालाई देखेपछि मेरा बाले त्यहीं छोडिदिए बजारबाट ल्याएको रातो रङको कापी मलामीको नाम लेख्न।   हो, त्यही कापीमा लेखिएको छ मेरो देशको भविष्य।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button