काँग्रेसले राेक्याे दल विभाजनसम्बन्धी अध्यादेश
काठमाडौं। सत्तारुढ दल नेपाली काँग्रेसले दल विभाजनसम्बन्धी अध्यादेश राेकेकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साना दल फुटाउने गरी ल्याउन खाेजेकाे दल विभाजनसम्बन्धी अध्यादेश नेपाली काँग्रेसले राेकेकाे हाे।
साे अध्यादेश सिफारिसका लागि प्रधानमन्त्री ओलीले साेमबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बाेलाएका थिए। यद्यपि, काँग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेशका लागि तयार नभएपछि बैठक अन्तिम समयमा स्थगित भएकाे छ।
प्रधानमन्त्री ओली र देउवाबीच आइतबार अध्यादेशकाे विषयमा छलफल भएकाे थियाे। साे बैठकमा देउवा अध्यादेशका लागि तयार भए पनि साेमबार दिउँसाे पार्टी नेताहरुसँग छलफल गरेपछि निर्णयबाट पछि हटेका हुन्।
प्रधानमन्त्री ओलीले विशेषगरी माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी पार्टी फुटाएर एमालेमा गाभ्ने गरी अध्यादेश ल्याउन लागेकाे चर्चा राजनीतिक वृतमा थियाे। काँग्रेसकाे याे कदमपछि एकीकृत समाजवादीमा पनि पार्टी फुटकाे भय राेकिएकाे छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।