Main

किर्तोनलाई पवन सर्राफले गरे बोल्ड

२५ माघ, काठमाडौं । नेपालविरुद्ध क्यानडाका लागि ठूलो स्कोर जोडिरहेका निकोलस किर्तोनलाई पवन सर्राफले बोल्ड गरेका छन् ।

किर्तोनले ९९ बलमा सात चौका प्रहार गर्दै ६८ रन जोडे । तर पवनले बोल्ड गरेसँग नेपाल लयमा फर्कने संभावना बढेको छ ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४१ ओभरमा ६ विकेट गुमाएर १९५ रन जोडेको छ । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिएका छन् भने रिजन ढकाल, सोमपाल कामी र कुशल मल्लले एक÷एक विकेट लिएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button