Main

कोशी प्रदेश राष्ट्रिय महिला लिगमा छनोट

१६ वैशाख, काठमाडौं । कोशी प्रदेश राष्ट्रिय महिला लिग फुटबलमा छनोट भएको छ । सुर्खेतमा भइरहेको एन्फा महिला लिग छनोट प्रतियोगितामा आइतबार मधेश प्रदेशसँग गोलरहित बराबरी खेलेपनि कोशीले शीर्ष तीनमा रहने पक्का भएको छ ।

सात प्रदेश सहभागि छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली आसन्न राष्ट्रिय महिला लिगमा छनोट हुनेछ ।

यसअघि लगातार चार खेल जितेको कोशीको यो पहिलो बराबरी हो । ५ खेलबाट कोशी १३ अंकसहित शीर्ष स्थानमा छ । कोशीले अब बागमती प्रदेशसँग खेल्न बाँकी छ ।

कोशीलाई रोकेपछि मधेशको ५ खेलबाट ७ अंक भएको छ र चौथो स्थानमै छ । मधेशलाई शीर्ष तीनमा रहेर राष्ट्रिय लिगमा छनोट हुन अन्तिम खेल जित्नैपर्नेछ भने अन्य टोलीको नतिजा पनि कुर्नुपर्नेछ । मधेशले लिगमा आफ्नो अन्तिम खेल लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

सुदूर पश्चिम र कर्णाली प्रदेशले समान ९ अंक छ र दोस्रो र तेस्रो स्थानमा छ । दुवै टिमले समान चार खेल खेलेका छन् ।

अब आगामी मंगलबार कर्णाली र सुदूरपश्चिमबीच खेल हुँदैछ । यस खेलको विजेता शीर्ष तीनमा रहने पक्का हुनेछ । त्यसपछि कर्णालीले गण्डकी तथा सुदूरपश्चिमले लुम्बिनीसँग खेल्नेछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button