Main

कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले राजीनामा दिंदै

२१ कात्तिक, विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिने भएका छन् ।

मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएकाे विषयमा विवाद परेपछि उनले आज राजीनामा दिन लागेका हुन् ।

राजीनामा दिनका लागि अधिकारीले केही समयपछि पत्रकार सम्मेलन गर्दैछन् । अधिकारीले नैतिकताका आधारमा राजीनामा दिन लागेको उनी निकट स्रोतले बताएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले पनि अधिकारीले राजीनामा दिन लागेको जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button