Main

क्लासिक टेकको चाडपर्व लक्षित ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले चाडपर्वको अवसरमा ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक गरेको छ ।

अफर अनुसार ग्राहाकले वार्षिक अफरको आधा मूल्य तिरेर ६ महिनासम्म इन्टरनेट र टीभी जडान गर्न सक्ने छन् । ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ ।

यस्तो छ अफर :

प्याकेज
 १ वर्षको खर्च (रु. मा)
६ महिनाको खर्च (रु. मा)

१५० एमबीपीएस

९,९९९/

 

४,१९३/

१५० एमबीपीएस + नेट टीभी
 

१२,९९९/

५,२११/

२०० एमबीपीएस

५,२११/

 

४,७९३/

२०० एमबीपीएस + नेट टीभी
१३,४९९/
५,५२१/

२०० एमबीपीएस + २ टीभी नेट
१८,४७८/

 

७,२९१/

 

कम्पनीका अनुसार जडान खर्च निःशुल्क रहेको छ । राउटर र आईपी टीभीका लागि ५/५ सय रुपैयाँ डिपोजिट राख्नुपर्ने छ भने १३ प्रतिशत भ्याट थप लाग्ने छ ।

यो अफर दशैँ, तिहार र छठ पर्वसम्म लागु हुने र पुरानो ग्राहकको हकमा पनि ६ महिनाको रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button